१ कार्तिक २०८३, शनिबार

वातावरण संरक्षणका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ बन्‍ने अवसर

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । ईयूको सहयोगमा क्रिएसन नेपालले ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौटका लागि फारम आह्वान गरेको छ । ग्रीनसिफ्ट परियोजनाअन्तर्गत वातावरण संरक्षणप्रति युवाहरुलाई सचेतना जगाउनका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौटका लागि फारम आह्वान गरिएको हो ।

ईयूको सहयोगमा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाको लक्ष्य र उद्देश्यहरू हासिल गर्न वृहत युवा संलग्नतालाई प्रवर्द्धन गर्नका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ एक महत्वपूर्ण पहलको रुपमा सावित हुने क्रिएसनका संस्थापक अध्यक्ष आनन्द मिश्रले विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष मिश्रले यस अभियानमार्फत बागमती, लुम्बिनी र मधेश प्रदेशसम्म परियोजनाको पहुँच विस्तार गर्दै वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा युवा वर्गलाई सहभागी गराएर वातावरणप्रति सचेतना बढाउने लक्ष्य राखेको बताउनुभयो ।

परियोजनाका प्रमुख युनिस घिमिरेले ग्रीनसिफ्ट परियोजनाको भिजनअनुसार दिगो भविष्य निमार्णका लागि योगदान पुर्‍याउन युवाहरुको महत्वपूर्ण भूमिकाको बारेमा तीन प्रदेशका युवाहरूलाई सहभागी गराएर सशक्तिकरण र शिक्षित गर्नु रहेको बताउनुभयो ।

परियोजना सञ्चालिन बागमती, लुम्बिनी र मधेश प्रदेशबाट एकएक जना ‘ग्रीनसिफ्ट एम्बेस्डर’ युवालाई छनौट गरिनेछ । ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौट भएका युवाहरुलाई आ-आफनो क्षेत्रमा स्थानीयसँग मिलेर वातावरण संरक्षण, वृक्षारोपण, युवा परिचालन, सामुदायिक सहभागिता र प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्नेछन् । ‘ग्रीनसिफ्ट एम्बेस्डर’ले स्थानीय सरकारका निकायहरू, शैक्षिक संस्थाहरू, सामुदायिक समूहहरू र स्थानीय बासिन्दाहरू लगायत विभिन्न सरोकारवालाहरूसँग सहकार्य र सामूहिक कार्यलाई बढावा दिन सक्रिय नेतृत्व प्रदान गर्नेछन् ।

‘ग्रीनसिफ्ट एम्बेस्डर’ले नीति र अभ्यासबीचको खाड्ललाई कम गर्न निर्णायक भूमिका निर्वाह गर्नेछन् । उनीहरुले दिगोपनका सिद्धान्तहरूलाई सुनिश्चित गर्दै प्रभावकारी रूपमा आफ्नो समुदायमा मूर्तकार्यहरूमा परिणत गर्नेछन् । ‘ग्रीनसिफ्ट एम्बेस्डर’ले नेतृत्वदायी भूमिका निर्वाह गर्दै वातावरणीय रूपमा जिम्मेवार नागरिकहरूको एक पुस्ता निमार्ण गरी सबैका लागि राम्रो, थप दिगो भविष्य सिर्जना गर्न प्रतिबद्ध हुनेछन् ।

फारम भर्नका लागि https://greenshiftnepal.org/ लगइन गरी विस्तृत जानकारी लिन सकिन्छ ।

ईयूको सहयोगमा ग्रिनसिफ्ट परियोजना चार वर्ष समायवधिका लागि बागमी, मधेश र लुम्बिनी गरी तीन प्रदेशको विभिन्न नौ स्थानीय तहमा विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ । क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलम्पमेन्ट र यूथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनरका रुपमा रहेका छन् ।