काठमाडौं, ९ असार । वैदेशिक रोजगारीमा जापान पठाईदिने भन्दै लाखौं रुपैयाँ ठगेर फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जापान पठाउने भन्दै पाँच लाख रुपैयाँ गठेर फरार काठमाडौंको जोरपाटी–७ का ईवान सिंह कार्कीलाई बुधबार महानगरीय अपराध महाशाखाको टोलीले बालुवाटारबाट पक्राउ गरेको हो ।
कार्कीले सिन्धुपाल्चोक खाम्पाल–३ का प्रकाश बस्नेतलाई बैदेशिक रोजगारको लागि जापान पठाई दिने प्रलोभनमा पाँच लाख मागेर फरार भएका थिए ।
बैदेशिक रोजगार विभागबाट समेत फरार भएका कार्कीलाई आवश्यक कारबाहीको लागि बैदेशिक रोजगार विभाग, तिनकुनेको जिम्मा लगाइएको छ ।















प्रतिक्रिया