२४ कार्तिक २०८३, मंगलबार

एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । नेकपा (एमाले)बाट मन्त्री बन्नेको नाम टुंगिएको छ ।

एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगाएको हो । जसअनुसार एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्नुहुनेछ भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउनुहुनेछ ।

यसैगरी, मानवीर राई रक्षामन्त्री, विद्या भट्टराई शिक्षामन्त्री, देवेन्द्र दाहाल भौतिक योजनामन्त्री बन्नुहुनेछ भने राजकुमार गुप्ता संघीय मामिलामन्त्री बन्दै हुनुहुन्छ । उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था तथा सहकारीमा बलराम अधिकारी दोहोरिनु हुनेछ ।

प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओली र नयाँ मन्त्रीहरुले आजै बिहान ११ बजे शपथ लिने कार्यक्रम रहेको छ ।