७ कार्तिक २०८३, शनिबार

डोटीको छतिवनमा श्रीमतीले धकेल्दा श्रीमान् ठहरै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भीमदत्तनगर, ९ असार । श्रीमतीले मादकपदार्थ सेवन गरी घरमा आएका श्रीमान्लाई आँगनमा धकेल्दा डोटीमा एक जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मङ्गलबार डोटीको छतिवन गाविस–२ का २८ वर्षीय हरिना विकले धकेल्दा उहाँका श्रीमान् ३३ वर्षीय बलबीर विकको मृत्यु भएको हो ।

मादकपदार्थ सेवन गरेर घरमा आएका बलबीरले श्रीमतीसँग झगडा गर्दा उनले घरबाहिर आँगनमा धकेलिदिएकी थिइन् । प्रहरीले आँगनमा ढलेका बलबीरको मृत्यु भएको जनाएको छ ।

घटनापश्चात् छतिवन पुगेको प्रहरी टोलीले श्रीमान् धकेल्ने हरिना विकलाई नियन्त्रण लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस