७ कार्तिक २०८३, शनिबार

नेपाल छिरेर भारतीयले गरे ड्युटीमा खटिएका नेपाल प्रहरीका जवानको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeकाठमाडौं, ९ असार । नेपाल कै भुमिमा एक पटक फेरि भारतीय नागरिकले नेपाल प्रहरीका जवानको हत्या गरेका छन् ।

बाँकेको     गहनापुर­२ पिपरहवा चोक नजिक राझा चोकमा बुधबार बिहान भारतीय नागरिकले चगाएको यूपी ५३ बीए ७७८५ नम्बरको भारतीय जिपले ठक्कर दिएर प्रहरी जवान राम बहादुर पुनको हत्या गरेका हुन् ।

पुन प्रहरी चौकी गहनापुरमा कार्यरत थिए । उनको घटनास्थलमा नै मृत्यु भएको हो । पुनरावेदन अदालत फैसला कार्यान्वन गार्ड दरबन्दी भएका पुनलाई राँझा चोकमा डिउटी जाने क्रममा उक्त जिपले ठक्कर दिएको थियो ।

प्रहरीले जिपलाई नेपालगंज उपमहानगरपालिका–५ स्थित सेतु बिक चोकवाट नियन्त्रणमा लिनुका साथै फरार रहेका चालकको खोजी गरिरहेको छ ।