१६ कार्तिक २०८३, सोमबार

मन्त्री छान्न कांग्रेसको कोइराला पक्ष छलफलमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले मन्त्री चयनको विषयमा छलफल गरेको छ । एमालेसँग सत्ता सहकार्य हुने भएपछि कांग्रेसभित्र मन्त्री चयनको विषय पेचिलो बन्दै गएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पक्षका धेरै नेतालाई मन्त्री चयन गर्ने संकेत गरेपछि नेता शेखर कोइराला पक्ष बैठक बसेर छलफल गरेको छ ।

कोइरालाको निजी सचिवालयमा बसेको बैठकमा आफ्नो समुहबाट कम्तिमा चार मन्त्रालय पाउनुपर्ने अडान राख्ने निष्कर्ष निकालेको छ । एमालेसँग कांग्रेसले १० मन्त्रालय पाउने सहमति भएको बताइएको छ । स्रोतका अनुसार १० मध्ये सभापति देउवाले कोइराला समुहलाई ३ मन्त्रालय दिने तयारी गर्नु भएको छ ।

कोइराला पक्षको बैठकमा महामन्त्री गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा. मिनेन्द्र रिजाल र डा. चन्द्र भण्डारी लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

अहिलेसम्म कोइराला पक्षबाट जीवन परियार, चन्द्र भण्डारी, प्रतिमा गौतमको नाम मन्त्री बन्नेमा चर्चामा रहेको छ । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने चर्चा छ भने आरजु देउवा र रमेश लेखक मन्त्री बन्ने निश्चित भएको बताइएको छ ।