७ कार्तिक २०८३, शनिबार

ट्रकको ठक्करबाट दुई स्कुले बालकको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bato banda

– सन्दिप भट्ट
गैँडाकोट, ९ असार । नवलपरासीको गैँडाकोटमा मिनी ट्रकको ठक्कर बाट २ जना स्कुले बालबालिकाको मृत्यु भएको छ ।

गैंडाकोट २ बिद्युत कार्यालय अगाडी न्यायचोकमा बा १ ख ७७८५ नम्वरको मिनीट्रकले महेन्द्र स्मारक निमाविमा अध्यनरत ४ बिद्यार्थीलाई ठक्कर दिएको थियो ।

ठक्करपछि २ जना बालबालिकाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । बिहान १० बजे स्कुल जाने क्रममा स्कुल नजिकै भित्री सडकमा ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट बुटवल घर भई गैंडाकोट बस्दै आएका ९ बर्षिय तेन्जिङ गाहा मगर र गंैडाकोटकी १२ वर्षीया सुनिता परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

त्यस्तै दिक्षा गाहामगर र दिया गाहामगर घाईते भएका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेकोे छ । मृत्यु हुने तेन्जिङ गाहामगर र घाईते हुने दिक्षा तथा दिया एकै परिवारका हुन् । गाहामगर परिवार २ महिना अगाढि मात्रै गैडाकोटमा आएर भाडामा बस्दै आएका थिए ।

ट्रकचालकले लापरबाहि गरि स्कुले बालबालिकाको ज्यान लिएको भन्दै स्थानिय बासिन्दाले ईलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै केही समय राजमार्ग अवरुद्ध गरेका थिए । ठक्कर दिने चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल अवरुद्ध राजमार्ग भने सुचारु भएको छ ।