काठमाडौं, ९ असार । काठमाडौंको टोखामा एक पुरुषले आफ्नै श्रीमतीमाथि धारिलो खुकुरी प्रहार गरेका छन् ।
टोखा नगरपालिका१५ बैकुण्ठ पुरी गेटस्थित डेरा गरी बस्ने सिन्धुपाल्चोक स्याउले गाबिस६ घर भएकी २७ बर्षीया बिमला श्रेष्ठलाई उनकै श्रीमानले खुकुरी हानेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।
उनलाई मंगलबार आफ्नै पति ३० बर्षीय दिपक श्रेष्ठले खुकुरी प्रहार गरी फरार भएका थिए । घाइते श्रेष्ठको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । फरार अभियुक्तको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खुकुरी हान्नुको कारण खुल्न सकेको छैन् ।















प्रतिक्रिया