१३ असार २०८३, शनिबार

विष्णु तारुकेलाई ‘राष्ट्रिय पत्रकारिता सम्मान’

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । अर्थपथ डटकमका सञ्चालक तथा सम्पादक विष्णु तारुके राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित हुनुभएको छ ।

सेलिब्रेटी नेपालले आयोजना दोस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड–२०८० को अवसरमा आर्थिक पत्रकार तारुकेलाई राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित गरिएको हो ।

शुक्रबार राजधनीमा आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उहाँलाई सम्मान प्रदान गर्नुभएको थियो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सचिवसमेत रहनुभएका तारुके त्रिशुली प्रवाह साप्ताहिक पत्रिकाकासमेत सम्पादक हुनुहुन्छ ।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पोखरेलले नेपाली कला र संस्कृतिको संरक्षणमा कलाकारहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

‘समाज रुपान्तरणमा पत्रकार र कलाकारको अतुलनीय भूमिका हुन्छ । नेपाली भाषा, धर्म र संस्कृति र पहिचान जोगाउनु आजको आवश्यता हो ।’ पोखरेलले भन्नुभयो, ‘म सम्पूर्ण कलाकर्मी साथीहरुलाई भन्न चाहान्छु, देशको रक्षा आज सबैभन्दा ठुलो कर्तव्य हो ।

कार्यक्रममा विभिन्न विद्याका रंगकर्मी कलाकारहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । गत वर्ष २०७९ मा प्रदर्शनमा आएका चलचित्र र गीत संगीत समावेश गरेर उत्कृष्टलाई अवार्ड तथा सम्मान प्रदान गरिएको हो । २३ वटा विधामा दर्जनौँ कलाकारहरु सम्मानित भएका छन् ।