८ कार्तिक २०८३, आइतबार

छिमेकीको हत्या गर्न गौशालामा राखिएका हतियार प्रहरीले समात्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoist-army-Hatiyar-Bandukगौशाला, ९ असार । छिमेकीको हत्या गर्ने उद्देश्यले घरमा लुकाएर राखिएको हतियारलाई प्रहरीले गौशालाबाट समातेको छ । प्रहरीले गएराति जिल्लाको ईटहर्वाकट्टी गाविस–५ बस्ने मनोज यादवको घरबाट हातहतियार बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएको विशेष टोलीले यादवको घरमा छापामारी गर्दा उनको घरबाट १२ बोरको दुई नाले बन्दुक थान दुई, खुकुरी थान दुई, गोली राउन्ड पाँच र गोलीको खोका पाँच थान बरामद गरेको हो ।

यादवले आफ्ना छिमेकीसँग झैझगडा गरेको र हिंसात्मक क्रियाकलाप गर्ने उद्देश्यले हातहतियार राखेको खबर प्रहरीले पाएपछि टोलीले यादवको घरमा छापामारी गर्दा ती हातहतियार बरामद गरेको प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभयो ।

प्रहरीले हतियारसहित घरधनी यादवका साथै स्थानीय हरिनारायण यादव, ललित यादव, गगन यादव, लालबाबु यादव र दामोदर ठाकुरलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

पाँचै जनामाथि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखी आवश्यक अनुसन्धान भइरहेको छ । रासस