७ श्रावण २०८३, बिहिबार

५९ वर्षीया वृद्ध बलात्कृत, ३६ वर्षीय युवक पक्राउ

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, २७ असार । कपिलवस्तुमा ५९ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३६ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
शिवराज नगरपालिका–३ बानिँयाभार बस्ने ३६ वर्षीय किस्मत मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मगरले ती वृद्वालाई सोही ठाउँस्थित चम्मरभुजिया जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।