७ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीको ट्वीटर ११ दिनमै ह्याक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-twiter

काठमाडौं, ९ असार । प्रधानमन्त्री सुशील कोइरालाको ट्वीटर  एकाउण्ट ह्याक भएको छ । उनको ट्वीटरलाई बुधबार बिहान ह्याकरले नियन्त्रणमा लिएको हो ।

आज विहान ५ बजेतिर ह्याकरले प्रधानमन्त्रीको एकाउण्ट ह्याक गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधानले जानकारी दिनुभयो । उक्त समयदेखि ट्वीटर एकाउण्ट आफूहरुको कन्ट्रोलभन्दा बाहिर पुगेको भन्दै प्रधानले ट्वीटर एकाउण्ड ह्याक भएको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री कोइरालाले १३ दिन अघि मात्र ट्वीटर एकाउण्ट सञ्चालनमा ल्याएका थिए । देश र विदेशमा रहेका सम्पुर्ण नेपाली र नेपालका हितैषीमा टुइटर मार्फत अभिवादन स्टाटस पोस्ट गर्दै प्रम कोइरालाले ट्वीटर एकाउण्ड खोलेका थिए । उनलाई फलो गर्नेको संख्या ११ हजार ५ सयभन्दा माथि पुगेको थियो ।

पुरानो एकाउण्ट ह्याक भएसँगै प्रधानमन्त्री काइरालाले आजैदेखि नयाँ ट्वीटर एकाउण्ट सञ्चालनमा ल्याएका छन् ।