२६ असार २०८३, शुक्रबार

नाउपाले फिर्ता लियो प्रचण्ड सरकारलाई दिएको समर्थन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २६ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिँदै विश्वासको मत पनि नदिने निर्णय गरेको हो । नाउपाकी रञ्जीता श्रेष्ठलाई दलको नेताबाट हटाएर अरुण चौधरीलाई संसदीय दलको नेता बनाएपछि पहिलो पटक बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार संसदबाट विश्वासको मत लिँदैहुनुहुन्छ । यसअघि रञ्जिता श्रेष्ठ दलको नेता हुँदा प्रचण्ड सरकारलाई समर्थन गरेको नाउपाले दलको नेताबाट श्रेष्ठलाई हटाएसँगै समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

आजको बैठकमा श्रेष्ठ बाहेकका गङ्गा चौधरी, लालवीर चौधरी र अरुण चौधरी उपस्थित हुनुहुन्थ्यो । संघीय संसद्मा नाउपाका चार सांसद हुनुहुन्छ ।