महेन्द्रनगर ९ असार । नेपाल प्रहरीका बर्दीधारी अधिकारीले आफ्नै संगठनका पूर्व प्रहरीलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
कञ्चनपुरको सुडा प्रहरी चौकीका प्रहरीले एक भूतपूर्व प्रहरीलाई कुटेर कान काटिदिएका छन् । हवल्दार पदबाट अवकास पाएका सुडा ४ नयाँ गाँउका गुणराज खडायतलाई रक्सी खाएर होहल्ला गरेको आरोपमा मंगलबार राति कुटेर बाँया कान काटिदिएको पीडित पूर्व प्रहरी खडायतले बताएका छन् ।
खडायतका अनुसार पसलमा बसिरहेको अवस्थामा प्रहरीले बढी बोल्ने भन्दै एकाएक आफुमाथि निर्धात रुपमा कुटपिट गरेको आरोप लगाउनुभयो ।
आफूले कुनै गल्ति गरेको भए कानुनी कार्बाही गर्नुपर्ने खडायतको भनाई छ । कुटपिटबाट घाईते भएका खडायतको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि भारततर्फ रिफर गरिएको छ । खडायतले तीन महिनाको पेन्सिनबाट बुझेको तलब मध्ये आठ हजार बाहेक अन्य पैसा प्रहरीले गायब गरेको आरोप लगाएका छन् ।
सुडा प्रहरी चौकी इन्चार्ज शारदा देवी क्षेत्रीले खडायतले बहालवाला प्रहरी सहायक निरीक्षक खडक बहादुर बमलाई रक्सी खुवाउ भनेर सताएसंगै उनीहरु दुईबीच विवाद भएपछि खडायत चिप्लेर लडेर घाईते भएको बताउनुभयो ।
कुनै पनि प्रहरीले खडायतलाई नकुटेको सुडा प्रहरी चौकी इन्चार्ज क्षेत्रीले दावी छ । तर खडायतले भने, एक बर्दीमा आएका एक हवल्दार र जवानले कुटेको आरोप लगाएका छन् । खडायतलाई सुडा प्रहरीले नै उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याएर भर्ना गरिदिएका थिए ।
खडायतले आफुमाथि बिना कारण निर्घात कुटपिट भएको भन्दै न्याय माग्दा विभिन्न निकायहरुमा घाईरहेका छन् । तर, सो घटना बारे जिल्लामा कुनै खबर नआएको कञ्चनपुरका प्रहरी उपरीक्षक किशोर प्रसाद दाहालले बताउनुभयो ।
यसरी बहालवाला प्रहरी र पूर्व प्रहरीबीच कुटपिट हुनु या झै झगडा आरोप प्रत्यारोप हुन दुखत भएको स्थानियहरुको चिन्ता छ ।
पूर्व प्रहरीले बहालवाला प्रहरीलाई सके सहयोग नसके असहयोग नगर्नु र बहालवाला प्रहरीले संगठनको नीति विपरित व्यक्तिगत ईगोका आधारमा कुनै पनि पूर्व प्रहरी वा निर्दोष नागरिकलाई कुटन नहुने स्थानीयको भनाई छ ।
















प्रतिक्रिया