१६ कार्तिक २०८३, सोमबार

पोखरामा तालको पानी बस्तीमा पस्दा फसेका चारजनाको उद्वार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २६ असार । कास्कीको पोखरामा तालको पानी बस्तीमा पस्दा फसेका चारजनाको उद्वार गरिएको छ ।

पोखरा महानगरपालिका-२७ स्थित दिपाङ तालको पानी बस्तीमा पस्दा घरमै फसेका चारजनाको सशस्त्र प्रहरीले उद्वार गरेको हो ।

गुल्मी घर भई हाल पोखरा बस्ने ५४ वर्षीय रामबहादुर अधिकारीको घरभित्र तालको पानी पस्दा रामबहादुरसहित ३९ वर्षीया सिर्जना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारी घरमै फस्नु भएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उहाँरूको उद्धार गरेको हो ।