१ कार्तिक २०८३, शनिबार

मिसेस ब्युटी क्विन नेपाल २०२४ को अडिसन सम्पन्न

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस ब्युटी क्विन नेपाल २०२४ को सातौं संस्करणका लागि दोस्रो अडिसन सम्पन्न गरेको छ । अडिसनबाट १५ जना छनोट गरिएको छ ।

उपत्यकालगायत मोफसलका विभिन्न ठाउबाट काठमाडौं आएका १९ वर्षदेखि ५० वर्षसम्मका विवाहित महिलाहरुलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताउनुभयो ।

उहाँले विवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा साउनको अन्तिम साता काठमाडौंमा हुने बताइएको छ । प्रतियोगितामा सहभागीताका लागि आवेदन फारम पनि खुला गरिएको छ ।