– अनिल खत्री
गुल्मी, ८ असार । गुल्मीबाट विभिन्न मुलकमा कार्यरत प्रवासीहरुले भूकम्पबाट घरवास विहिन बनेका यहाँका केहि अति विपन्न परिवारलाई घर बनाई दिएका छन् ।
विश्वभर छरिएका नेपालीहरुलाई गत एक वर्ष अघि देखि गुल्मी केयर विश्व सञ्जाल नामक संस्थामा संगठित गरी सहयोग संकलन गरेर उक्त संस्थाले मुसिकोट गाविस वडा नम्वर ९ का भुवन घर्ति र सोही वडाका कृष्णबहादुर बिकको घर बनाई दिएको हो ।
घर्तिको एक लाख लागतमा नुमना घरका रुपमा बनाई दिएको छ भने बिकको करिव ५० हजार लागतमा बनाई दिएको छ । उक्त घर मुसिकोट ५ देउराली घर भई ईजरायलमा कार्यरत सञ्जालकी कोषाध्यक्ष विद्या कार्कीको विशेष पहलमा सञ्जालले निर्माण गरी दिएको हो ।
क्यानाडामा व्यवसाय गर्ने चितवन भरतपुर निवासी घनाश्याम कंडेल उनकी धर्म पत्नी पुष्पा कंडेलले आफ्नो रेष्टुरेण्टमा सहयोग संकल बक्स राखेर संकलन भएको रकमबाट उनीहरुको घर निर्माण खर्च जुटाईएको सञ्जालका अध्यक्ष मानबहादुर कुँवरद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
उनीसहित उपाध्यक्ष कैलाश केसी, सचिव सुरेश बोहरा, सह सचिव सागर कार्की, कोषाध्यक्ष विद्या कार्की लगायतद्धारा हस्ताक्षरित जारी विज्ञप्तीमा अति विपन्न परिवार घर्ति र बिकलाई घरवासको व्यवस्था गर्न पाएकोमा सन्तोष व्यक्त गर्दै सहयोगदाता र स्थानिय तहमा खटेर घर निर्माणमा सहयोग पु¥याउने कोषाध्यक्ष कार्कीका पिता मिनबहादुर कार्की, माता मोतीकला कार्की, भिनाजु हरि महत र दिदी कोपिला महतप्रति धन्यबाद प्रकट गरिएको थियो ।
















प्रतिक्रिया