७ कार्तिक २०८३, शनिबार

राजनीतिक भागबण्डाले लुम्बिनीलाई ध्वस्त बनायो : एमाले उपमहासचिव पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-paudel– नरेश केसी
लुम्बिनी, ८ असार । राजनीतिक भागबण्डाले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई ध्वस्त बनाएकोप्रति नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।

नेकपा एमाले लुम्बिनी अन्चल समन्वय कमिटीको आयोजना तथा रुपन्देही जिल्ला कमिटीको व्यवस्थापनमा लुम्बिनी बौद्ध विश्वविद्यालय परिसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले लुम्बिनी जस्तो सामरिक महत्वको स्थलमा राजनीतिक नियुक्ति तथा भागवण्डा गरिनु गलत भएकोले अबका दिनमा त्यसो गर्न नहुनेमा जोड दिए ।

बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण विश्व जनमानसमा नेपाल असुरक्षित छ भन्ने भ्रमलाई चिर्दै नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउन सेफ द नेपाल भिजिट नेपाल अभियान स्वरुप एमालेको केन्द्रिय पर्यटन विभागले देशभर कार्यक्रम गर्ने सिलसिलामा लुम्बिनी पर्यटन प्रर्बद्धन कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पूर्वमन्त्री पौडेलले लुम्बिनी विकास कोषको पदाधिकारी नियुक्तिको शैली अत्यन्तै गलत भएको प्रति तिब्र आक्रोस पोख्दै विकास कोषको पदाधिकारी व्यवस्थापकीय चेतना भएको र उच्च शिक्षा हासिल गरेको हुनुपर्नेमा जोड दिदै भने “राजनीतिक भागभण्डामा कोषका पदाधिकारी चयन गर्ने प्रवृतिले योग्यता नपुगेकाहरु पनि उच्च तहमा आसिन हुँदा लुम्बिनीको विकास गुरुयोजना अनुसार हुन नसकेको हो ।”

नेता पौडेलले विकास कोषको स्थापना भएदेखी अहिले सम्म आउदा पदाधिकारीको नाम एउटा स्तम्भमा अट्न नसक्ने भएता पनि महत्वपुर्ण काम भने एउटा पनि नभएको प्रति पदाधिकारीप्रति संकेत गर्दै रोष प्रकट गरे ।