२३ असार २०८३, मंगलबार

मलाई पार्टी बैठकमा ह्यारेसमेन्ट गरियो : महामन्त्री ढकाल

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठकमा आफूलाई ह्यारेसमेन्ट गरेको आरोप लगाउनु भएको छ ।

पार्टीको बैठकपछि बोल्दै महामन्त्री ढकालले बैठक लाइभ नगर्ने भए आफू नबोल्ने भनेर शुरुमै भनेको अवस्थामा आफूलाई ह्यारेसमेन्ट गरेको आरोप लगाउनु भएको हो । उहाँले भन्नुभयो ुमहामन्त्रीलाई हटाउन अनुशासनको कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

दुवै उपसभापतिले अबदेखि महामन्त्री नमान्ने भनेर भनेको अवस्था छ । लाइभ नगरे मैले बोल्दिँन भनेर भन्दा बोलकी बोल भनेर ह्यारेसमेन्ट गरियो ।

उहाँले अगाडि भन्नुभयो,’गोरखा मिडियामा नेटवर्कको भूमिकामा रवि लामिछाने महामन्त्रीको भूमिकामा हुनुहुन्थ्यो त्यसमा सभापति जीबी राइको गल्ति, रास्वपामा भएका सबै गल्ति महामन्त्रीको हुने, भनेपछि उहाँ जुन पदमा हुनुहुन्छ त्यो पदले कहिल्यै गल्ति गर्दैन भन्ने देखिन्छ,’ ।

साथै उहाँले आफूले विरोध गरेका कारण कारवाही गर्न लागिएको बताउँदै अब रास्वपा प्रतिपक्षमा बस्दैछ, कुन मुखले सरकारको विरोध गर्छ ? भन्दै प्रश्न गर्नुभएको छ ।