कैलाली, ८ असार । आफ्नै भाइले प्रहार गरेको गोली लागेर अत्तरिया नगरपालिका–९ बेला बस्ने डोटी गढसेरा–६ का ४५ वर्षीय कुमार बोहोराको मंगलबार मृत्यु भएको छ ।
धनगढी नगरपालिका–५ लब्लीचोकमा भारतीय २२६ नम्बरको मोटरसाइकलमा सँगै आएका भाई भारत रुद्रपुर बस्ने १९ वर्षीय दिनेश बोहोराले अंशबण्डाको विवादमा छातीमा गोली प्रहार गर्दा घाइते भएका उनको सेती अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलसहित फरार दिनेशको प्रहरीबाट खोजी भइरहेको छ ।















प्रतिक्रिया