७ कार्तिक २०८३, शनिबार

भूकम्पले विद्यालय ध्वस्त भएपछि खुल्ला चौरमा पढ्दैछन् विद्यार्थी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baglung-school

– रबिना बोहरा
बागलुङ, ८ असार । गत बैशाख १२ गते को विनाशकारी भूकम्प र पटक पटकको परकम्पनको कारण विद्यालय पुर्ण रुपमा ध्वस्त हुँदा बागलुङका विद्यालयका विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर ११ पाखाथरमा रहेको गणेश प्राथमिक विद्यालय भूकम्पका कारण पुर्ण रुपमा क्षति भएको थियो । विद्यालयमा रहेका ४ वटै कोठा पुर्ण रुपमा क्षति हुदा विद्यार्थीलाई कक्षाकोठामा राखेर पढाउन सक्ने सम्भावना न्युन रहेको छ ।गणेश प्राविका ३, ४ र ५ कक्षाका विद्यार्थीहरु चौरमा पढीरहेका छन् भने १ र २ कक्षाका विद्यार्थीलाई सरस्वती बालविकास केन्द्रकोे कोठामा सामान्य रुपमा अध्यापन गराइरहेको विद्यालयलका प्रधानाध्यापक गोविन्द शर्माले बताउनुभयो ।

उहाँका अनुसार विद्यालयले भूकम्प पश्चात केहि समय पालमा राखेर पढाएपनि बर्खाको समयमा पालमा राखेर पढाउन सम्भव नभएपछि समस्या भएको छ ।

भूकम्पका कारण बागलुङमा मानवीय क्षति नभएता पनि भौतिक संरचनामा ठुलो मात्रामा क्षति भएको छ । जिल्ला शिक्षा कार्यालयको तथ्याङक अनुसार जिल्लामा कुल ५ सय ३३ वटा विद्यालय मध्य ५२ वटा विद्यालय पुर्ण रुपमा ध्वस्त भएका छन् भने १ सय ५० वटा विद्यालय आंशिक क्षति भएका छ ।

कार्यालयका अनुसार जिल्लामा शिक्षा क्षेत्रको भौतिक संरचनामा मात्र करिब २ अर्व भन्दा बढी आर्थिक क्षति भएकोे छ ।