काठमाडौँ, ८ असार । प्रहरीले त्रिभुवन विमानस्थलबाट बङ्गलादेशी नागरिक मोहमद अनवरुल ईश्लामलाई पक्राउ गरेको छ ।
मलेसियन एयरलाइन्सको जहाजबाट सोमबार नेपाल आएका ४७ वर्षीय ईश्लामले अवैधरुपमा सुन भित्र्याएको प्रहरीले जनाएको छ । उनलाई विमानस्थलको ट्याक्सी काउण्टर अगाडि चेकजाँच गर्ने क्रममा १२९.५० ग्रामको सुनको सिक्री र १९९ ग्रामको बाला भेट्टिएपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका ईश्लाम हर्नियालाई बिरामी भएका कारण काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार गराई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ । घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।















प्रतिक्रिया