७ कार्तिक २०८३, शनिबार

मोरङमा एक पुरुषको शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ८ असार । मोरङमा एक पुरुषको शव फेला परेको छ । बेलबारी नगरपालिकाको ८ र ९ नम्बर वडाको बीचमा पर्ने सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा अन्दाजी ४५ वर्षीय पुरुषको फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नाम र वतन नखुलेका उक्त व्यक्तिको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञानमा पठाइएको छ । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस