११ असार २०८३, बिहिबार

कोपामा अमेरिकाको विजयी सुरुआत

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिकाले विजयी सुरुआत गरेको छ ।

समूह ‘सी’को पहिलो खेलमा आज अमेरिकाले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको हो । टेक्सासमा भएको खेलमा अमेरिकालाई जिताउन क्रिष्टियन पुलिसिस र फ्लोरिन बालोगुनले एकएक गोल गरे ।

खेल सुरु भएको तेस्रो मिनेटमै टिमोथी वेहको पासमा पुलिसिसले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए । ४४औं मिनेटमा पुलिसिसको पासमा फ्लोरिनले थप १ गोल गरेपछि अमेरिका पहिलो हाफमै २-० को सहज अवस्थामा पुगेको थियो । सोही अग्रता अन्तिम समयसम्म जोगाउँदै अमेरिकाले समूह ‘सी’को पहिलो खेलमा जित निकाल्न सफल भयो ।

जितसँगै अमेरिका ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ । यो समूहमा उरुग्वे र पानामा पनि रहेका छन् । उरुग्वे र पानामको खेल पनि आज हुँदै छ ।