७ कार्तिक २०८३, शनिबार

‘प्रचण्डले अदालतको फैसला मान्नैपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baidya-moistरौतहट, ७ असार । नेकपा–माओवादीका अध्यक्ष मोहन वैैद्यले अदालतले १६ बुँदे सहमतिप्रति गरेको फैसला मान्दैनौँ भन्नु संसदीय व्यवस्था विपरीत अभिव्यक्ति भएको बताउनुभएको छ ।

नेकपा–माओवादी भोजपुराका पदाधिकारीको पूर्ण बैठक आज चन्द्रनिगाहपुरमा सम्पन्न भएपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले ‘संविधानसभाको विधि र प्रक्रिया मिचेर’ गरिएको सहमतिले कुनै पनि हालतमा जनताको संविधान निर्माण नहुने जिकिर गर्नुभयो ।

लिपुलेकमा भारत र चीनले गरेको सम्झौताको विरोध गर्दै अध्यक्ष वैद्यले लिपुलेक नेपालकै रहेको बताउनुभयो । बैठकले जनयुद्धको जगमा जनविद्रोहको नयाँ रणनीतिका साथ अगाडि बढ्ने निर्णय गरेको छ ।

उहाँले एमाओवादीका अध्यक्ष प्रचण्डले सर्वोच्चको आदेशमा अटेरी गर्न खोजेको आरोप लगाउँदै संसदीय व्यवस्थामा अदालतको फैसला मान्नुपर्ने धारणा राख्नुभयो ।