
काठमाडौं, ७ असार । युरोकपअन्तर्गत समूह ‘सी’का दुवै खेल बराबरीमा सकिएका छन् । बिहीबार राति भएको खेलमा खेलमा डेनमार्क र इंग्ल्याण्डले बराबरी खेल्दै १–१ अंकमा चित्त बुझाए ।
जर्मनीमा जारी प्रतियोगितामा डेनमार्कविरुद्ध इंग्ल्याण्डले १८औं मिनेटमा सुरुआती अग्रता लिएको थियो । इंग्ल्याण्डका हेरि केनले गोल गर्दै अग्रता दिलाए । तर, ३४औं मिनेटमा डेनमार्कले बराबरी गरेको थियो । मोर्टेन हेजुलमण्डले गोल गर्दै बराबरी गरेका हुन् ।
सुरुआती अग्रता लिए प्नि जोगाउन नसकेको इंग्ल्याण्डले २ खेलमा ४ अंक बनाएर तालिकाको शीर्ष स्थानमा आफूलाई राखेको छ । दोस्रो स्थानमा भने डेनमार्क रहेको छ । डेनमार्कको लगातार दोस्रो बराबरी हो ।
डेनमार्कले स्लोभेनियासँगको खेल पनि बराबरी खेलेको थियो ।
यस्तै, बिहीवार राति नै भएको समूह ‘सी’कै अर्को खेलमा स्लोभेनिया र सर्बिया आमने सामने भएको थिए । जसमा दुवै टिमले एकएक गोलको बराबरी खेल्दै एक एक अंकमा चित्त बुझाए । आन कर्नानिकले ६९औं मिनेटमा गोल गरेपछि स्लोभेनियाले अग्रता लिाएको थियो । तर, दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा लुका जोभिकले गोल गरेपछि दुवै टिमले एकएक अंक लिए ।















प्रतिक्रिया