१५ कार्तिक २०८३, आइतबार

एमालेलाई आठ, रास्वपालाई दुई र माओवादीलाई एक राजदूत

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । सत्तारुढ प्रमुख तीन दलबीच राजदूतको भागबण्डा मिलेको छ ।

बिहीबार साँझ सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको छलफलले रिक्त रहेका ११ देशको राजदूतको भागबण्डा मिलाएको छ ।

सहमतिअनुसार एमालेलाई ८, रास्वपालाई २ र माओवादीलाई १ राजदूत दिने सहमति भएको हो ।

गत जेठ २४ गतेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।