७ कार्तिक २०८३, शनिबार

चट्याङ लागेर नेपाली सेनाका हवल्दारको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-sena1– अनिल खत्री
गुल्मी ७ असार । गुल्मीमा चट्याङ लागेर १ जनाको मृत्यु गएको छ ।

सोमबार दिउँसो परेको चट्याङमा परि गुल्मी दर्लामचौर वाड नं। ८ निवासी अन्दाजी ३२ वर्षका उमाकान्ता घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख हिमल श्रेष्ठ जानकारी दिनुभयो ।

अबिरल परेको पानीमा ओत्तीनको लागी गुल्मीको सदरमुकाम तम्घासको रेसुङ्गा नगरपालिका वाड नं। ८ राम बहादुर सुनारको घरको पालीमा बसेका घर्तिको चट्याङ्गबाट मृत्यु भएको प्रहरी प्रमुख श्रेष्ठ जानकारी दिनुभयो ।

मृतक घर्ति नेपाली सेनाको तारादल गण दाङ्गमा अमलदार पदमा कार्यरत थिए । उनी १५ दिन को घर बिदामा घरमा आएको प्रहरीले जनाएको छ ।

गुल्मीमा यो सगै बैशाख यता ५ जना भन्दा वढीको चट्याङबाट मृत्यु भएको छ भने आधा दर्जन भन्दा बढी घाईते भएका छन् ।