बाँके, ७ असार । बाख्रा चराउन गएका दुई बालिकाको जंगलको खोलामा डुबेर मृत्यु भएको छ ।
बाख्रा चराउन गएको अवस्थामा खोलामा पौडी खेल्ने क्रममा कम्दी–९ छत्रहवा बस्ने २ बालिकाहरुको डुबेर मृत्यु भएको हो ।
डडुवा खोलामा आइतबार पौडी खेल्ने क्रममा १० बर्षीया सलिना चन्द र ९ बर्षीया अनिता परियार डुबेपछि उनीहरुको आफन्तले उद्धार गरी भेरी अंचल अस्पताल लैजाने क्रममा दुवैजनाको बाटैमा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया