७ कार्तिक २०८३, शनिबार

यसरी खरानी भयो सिम्रिक एयरको हेलिकप्टर (तस्वीरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simrik-air1

गोरखाबजार (गोरखा), ७ असार । सिम्रिक एयरको हेलिकप्टर सोमबार गोरखाको समा गाउँको साम्दोमा दुर्घटनामा परेको छ ।

गोरखा सदरमुकामबाट उडेको हेलिकप्टर उत्तरी क्षेत्रको विकट गाउँ साम्दोमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । चालक सुरेन्द्र पौडेलसहित हेलिकप्टरमा सवार ५ यात्रु सकुशल रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमिल्सिनाका अनुसार हेलिकप्टरको पछाडिको भागमा आगो लागेको छ । आगो के कारणले लागेको हो भन्ने कुरा अहिलेसम्म केही खुल्न नसकेको उहाँले बताउनुभयो ।

“प्राविधिक टोली त्यसतर्फ जाँदैछ, प्रहरी टोलीसमेत घट्नास्थलतर्फ गइसकेको छ,” प्रजिअ तिमिल्सिनाले भन्नुभयो ।

Simrik-air2
तस्वीर सौजन्यः विनोद अधिकारी

 

सोमबार बिहान खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख नारायणप्रसाद आचार्यसहितको टोली सदरमुकामबाट ५२ कोस उत्तरमा रहेको समा गाउँ गएको हो ।

गोरखाका प्रहरी प्रमुख डीएसपी अशोक चन्दका अनुसार आगलागी हुन नपाउँदै पाइलटले जोगाएका कारण ठूलो क्षति हुन पाएन ।