४ श्रावण २०८३, सोमबार

आयरल्याण्डमाथि पाकिस्तानको संघर्षपूर्ण जित

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । पाकिस्तानले जारी टी-२० विश्वकपको अन्तिम खेलमा आयरल्याण्डमाथि जित हासिल गरेको छ ।

गएराति सम्पन्न खेलमा पाकिस्तानले आयरल्याण्डमाथि ३ विकेटको संघर्षपूर्ण जित हासिल गरेको हो । आयरल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

यसअघि आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको थियो ।

समूह ‘ए’मा रहेका पाकिस्तान र आयरल्याण्ड दुवै समूह चरणबाटै बाहिरिएका छन् । पाकिस्तानले ४ खेलमा २ जित र २ हारपछि ४ अंक हासिल गरेर समूहमा तेस्रो भएको छ ।

त्यस्तै, आयरल्याण्डले भने ४ खेलमा ३ खेलमा हार बेहोरेको छ र एक खेल वर्षाले रद्द हुँदा एक अंक हासिल गरेको थियो ।

समूह ‘ए’बाट भारत र अमेरिका सुपर आठमा पुगेका  छन् ।