काबुल, ७ असार । अफगानिस्तानको राजधानी काबुलमा रहेको संसद् भवन बाहिर सोमबार तालिवानहरुले शक्तिशाली हमला गरेको छ ।
तालिवानहरुले सो भवनलाई नै लक्ष्यगरी उक्त हमला गरेका हुन् । प्राप्त समाचारमा कैयौँको सङ्ख्यामा आएका तालिवानले गोली प्रहार गरेका थिए ।
सो आक्रमणको क्षतिको विवरण आएको छैन । अहिले त्यस भवनलाई निकै ठूलो सङ्ख्याको अफगान सेना र प्रहरीले घेरा हालेको बताइएको छ ।

पछिल्लो समाचारअनुसार प्रहरीले सो क्षेत्रमा पत्रकारलाई पनि प्रवेशमा रोक लगाएको छ । प्रहरीले लगाएको सो रोकका कारण सञ्चारमाध्यमहरुले पनि स्वतन्त्र रुपमा समाचार सम्पे्रषण गर्न सकिरहेका छैनन् ।
गृहमन्त्रालयका प्रवक्ता मोहम्मद सिद्दीकीले स्थानीय सञ्चारमाध्यमलाई उक्त हमलाको पुष्टि गर्नुभयो । उहाँले दुवै तर्फबाट गोली प्रहार जारी नै रहेकाले क्षतिको विवरण नआएको पनि बताउनुभयो ।
त्यस आक्रमण जारी रहेको जानकारी दिँदै सरकारी अधिकारीहरुले अनुसन्धान पनि थालिएको बताएका छन् । आफ्नो नाम नबताउने शर्तमा एकजना सरकारी अधिकारीले उक्त भवनलाई लक्षित गरी छवटा रकेट पनि आक्रमण भएको थियो ।

प्रत्यक्षदर्शीहरु एवम् उक्त क्षेत्रका स्थानीय बासिन्दाले संसद् भवन वरिपरिका घरको शिशा चर्र्किएको तथा धुलो र धुवाँ उडिरहेको बताएका छन् ।
तालिवानहरुले ठूलो शक्तिका साथ हमला गरिरहेकाले ठूलो क्षति भएको अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।













प्रतिक्रिया