२९ आश्विन २०८३, बिहिबार

टी-२० विश्वकपमा आज दुई खेल हुँदै

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । जारी आइसीसी टी-२० विश्वकपअन्तर्गत आज दुई खेल हुँदै छन् । आज समूह ‘बी’अन्तर्गत अस्ट्रेलिया र स्कटल्याण्डबीच खेल हुँदैछ ।

सेन्ट लुसियास्थित डारेन समी नेशनल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ः१५ बजेदेखि सुरु हुनेछ ।

जारी विश्वकपमा अस्ट्रेलिया लगातार तीन खेलमा जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ । त्यस्तै, यस खेलको नतिजाले सुपर आठमा समूह ‘बी’बाट पुग्ने दोस्रो देशको टुंगो लाग्ने छ । यो खेल स्कटल्याण्डले जितेमा स्कटल्याण्ड सुपर आठमा पुग्ने छ । त्यस्तै, अस्ट्रेलियाले जितेमा भने इङल्यान्डको सम्भावना बन्ने छ ।

स्कटल्याण्डको ३ खेलमा २ खेल र एक खेल वर्षाले रद्द हुँदा ५ अंक रहेको छ र अहिले दोस्रो स्थानमा रहेको छ ।

अस्ट्रेलिया र स्कटल्याण्डबीच अहिलेसम्म टी-२० अन्तर्राष्टिय खेल भएको छैन् र दुवै देशबीच यो पहिलो पटक खेल हुँदैछ ।

त्यस्तै, आज दोस्रो खेल समूह ‘ए’अन्तर्गत पाकिस्तान र आयरल्याण्डबीच हुँदैछ । दुवै देश सुपर आठको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै अर्थ भने राख्दैन ।

समूह ‘ए’बाट भारत र अमेरिका सुपर आठमा पुगिसकेका छन् । पाकिस्तानले अहिलेसम्म ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने आयरल्याण्डले ३ खेलमा २ हार बेहोरेको छ भने एक खेल वर्षाले रद्द भएको छ ।