७ कार्तिक २०८३, शनिबार

गोरखामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simrik-air

काठमाडौँ, ७ असार । गोरखा जिल्लाको साम्दोमा आज सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

आज बिहान ११ बजे गोरखाबाट काठमाडौँ फर्कने क्रममा चरासँग ठोक्किएर हेलिकप्टर सामान्य दुर्घटनामा परेको सिम्रिक एयरले जनाएको छ ।

गोरखाका प्रहरी प्रमुख डीएसपी अशोक चन्दका अनुसार आगलागी हुन नपाउँदै पाइलटले जोगाएका कारण ठूलो क्षति हुन पाएन ।

हेलिकप्टरमा रहेका पाँचै जना सकुशल रहेको बताइएको छ । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली त्यसतर्फ प्रस्थान गरेको छ ।