
संखुवासभा, ३१ जेठ । संखुवासभाको खाँदवारी नगरपालिकामा पहिरोले घर र गोठ बगाएको छ ।
खाँदबारी नगरपालिका–११ मा पहिरोले तीन घर र एक गोठ बगाएको हो । गएराति वर्षासँगै गएको पहिरोले घर र गोठ बगाएको हो । पहिरोले घर बगाउँदा घरधनी मणिप्रसाद राई घाइते हुनुभएको छ ।
यस्तै, सोही वडाका रामप्रसाद राई, दिलबहादुर राईको घर पनि बगाएको छ भने रत्नबहादुर राईको गोठ बगाएको छ ।








प्रतिक्रिया