१५ कार्तिक २०८३, आइतबार

जब अमरेशकुमार रोस्टममै मौन बसे…

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले विनियोजन विधेयकमाथिको छलफलमा स्वास्थ्यमन्त्री सदनमा नदेखेपछि रोष्टममा उभिएर मन्त्रीको खोजी गर्नुभएको छ ।

सिंहले अर्थ मन्त्रालय नेपालीको नभई विदेशीको एजेण्टजस्तो बनेको भनेर आरोप पनि लगाउनुभयो । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि खर्च कटौती प्रस्ताव पेश गर्न संसद्को रोष्टममा पुगेका सांसद सिंहले स्वास्थ्यमन्त्रीलाई नदेखेपछि केही समय रोस्टममा उभिएरै छलफल रोक्न सभामुखसँग माग गर्नुभयो ।

त्यसअघि संसद् देखावटी मात्र भएको बताउनु भउको उहाँले मन्त्रीहरुले सांसदले मागेको प्रश्नको जवाफ नदिने गरेकोप्रति चित्त दुखाउनुभयो । ‘यहाँ छलफल भैरहेको छ, स्वास्थ्यमन्त्रीज्यु हुनुहुन्न । म प्रश्नगर्न चाहन्छु । स्वास्थ्यमन्त्री मलाई चाहिन्छ । नत्र म यहिँ उभिरहन्छु’ अमरेशले भन्नुभयो ।

त्यसपछि सभामुख देवराज घिमिरेले एकछिन रोस्टममै रोकिन सिंहलाई आग्रह गर्नुभयो । ‘माननीयजी एकछिन रोकिनु होला, स्वास्थ्यमन्त्रीजी केहीबेरअघि यही हुनुहुन्थ्यो दिसा–पिसाबका लागि बाहिर जानुभएको हुनसक्छ । यहिँ कतै हुनुहुन्छ । उहाँ नआउन्जेल माननीयजीहरू एकछिन धैर्यता साथ रहनुहोला’,सभामुख घिमिरेले मुस्कुराउँदै भन्नुभयो । ४० सेकेण्ड बढी अमरेश रोष्टममा नै मौन बस्नु भएको थियो । स्वास्थ्यमन्त्री प्रदीप यादव संसद् बैठकमा प्रवेश गरेसँगै सभामुखले भने,‘मन्त्रीजी आउनुभयो, माननीयज्यू अगाडि बढ्नुहोस् ।’ त्यसपछि छलफललाई अगाडि बढाएका सांसद सिंहले मधेश प्रदेशमा रेफरल अस्पताल नबनाएकोमा मन्त्री यादवलाई प्रश्न गर्नुभयो । ‘के कारणले मधेशमा रेफरल अस्पताल छैन ?’

उहाँले मधेशमा काजमा परेका एमबीबीएस डाक्टरहरु काठमाडौंमा नै बसिरहेको उल्लेख गर्दै उक्त समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

‘हरेक प्रदेशमा मेडिकल कलेज बनेका छन । सरकारले मधेश प्रदेशमा मेडिकल कलेज कहिले बनाउने ? मधेश प्रदेशलाई बजेटमा जहिले पनि उपेक्षित किन गरिन्छ ?’उहाँले प्रश्न गर्नुभयो

। यस्तै, छलफलको क्रममा सांसद सिंहले अर्थ मन्त्रालय नेपालीको नभइ विदेशीको एजेण्टजस्तो बनेको भनेर आरोप पनि लगाउनुभयो । ‘मैंले २०७० सालमा पनि भनेको थिएँ, अर्थमन्त्रालय विदेशीको एजेण्ट मन्त्रालय बन्यो, जनताको प्रतिनिधिमन्त्रालय होइन । नेपाली जनताको मन भावनासँग गाइडेड भएको छैन,’सिंहले भन्नुभयो ।

सांसद सिंहले नेताले जनता ठग्नेबाहेक केही काम नगरेको भन्दै नैतिकताको खडेरी परेको चर्चा गर्नुभयो ।