२९ आश्विन २०८३, बिहिबार

मैत्रीपूर्ण फुटबलमा अमेरिका र ब्राजिलको बराबरी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । कोपा अमेरिकाको तयारीमा रहेका अमेरिका र ब्राजिलले बराबरी खेलेका छन् । आज भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा दुवै टिमले एक÷एक गोलको बराबरी खेलेका हुन् ।

फ्लोरिडाको ओलान्डो स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलले १७औं मिनेटमा अग्रता लिएको थियो ।

राफिनाको पासमा रोड्रिगोले गोल गर्दै टीमलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २६औं मिनेटमा मिडफिल्डर क्रिष्टियन पुलिसीको गोलमा अमेरिकाले बराबरी गरेको थियो । त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा मैत्रीपूर्ण खेल बराबरीमै टुंगियो ।

कोपा अमेरिका २१ जुनदेखि सुरु हुँदै छ । समूह ‘ए’मा रहेको अमेरिकाले २४ जुनमा बोलेभियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दा समूह ‘डी’मा रहेको ब्राजिलले कोष्टारिकासँग जुन २५ मा पहिलो खेल खेल्ने छ ।

कोपाको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना हो । २०२१ को फाइनलमा ब्राजिललाई हराउँदै लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपाको उपाधि जितेको थियो ।