
काठमाडौं, २९ जेठ । गायिका मेनुका पौडेलले सम्भवत पहिलो पटक चस्माबिनाको तस्वीर सार्वजनिक गर्नुभएको छ ।
कस्टमेटिक प्रोथेस्टिक शल्यक्रिया गरेपछि उहाँले चस्माबिनाको तस्वीर सार्वजनिक गर्नुभएको हो । उहाँले गत वैशाखमा तिलगंगा अस्पतालमा कस्मेटिक प्रोथेस्टिक शल्यक्रिया गर्नुभएको थियो । जहाँ उहाँको आँखाको खाल्डोलाई पुरेर कृत्रिम आँखा (आइबल) राखिएको हो ।
सार्वजनिक तस्वीरमा उहाँ सामान्य देख्न सक्ने मानिस झै देखिनुभएको छ । तर उहाँले आँखा भने देख्न सक्नुहुन्न । शल्यक्रियापछि उहाँले कालोचस्मा लगाएर हिँड्नुपर्ने बाध्यता भने हटेका छ ।








प्रतिक्रिया