
धुलिखेल, २८ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउने विरोधीहरुको योजना असफल पारिएको बताउनुभएको छ ।
एमाले काभ्रेको एघारौं जिल्ला अधिवेशन उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले देशभित्र र बाहिर सबैतिरका प्रतिक्रियावादी शक्तिहरु एकै ठाउँमा जम्मा भएर एमालेविरुद्ध हमला गरेको भए पनि एमालेले परास्त गरेको बताउनु भएको हो ।
पार्टी विभाजन कुनै मतभेदले भएको नभइ एमालेलाई टुक्राउने, सरकारबाट हटाउने र पार्टी ध्वस्त बनाउने गलत मनसायका साथ भएको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, कृष्ण राई, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंङ्गेल, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, सचिव राजन भुर्तेल लगायतले एमाले अधिबेशन, आगामी कार्यभार र नेतृत्वका सन्दर्भमा धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस साबिक रविओपी गाविस हाल धुलिखेल नगरपालिका वडा नम्वर २ का संस्थापक सदस्य भरतप्रसाद कोइराला, नेकपा माओवादी केन्द्र धुलिखेल नगरपालिका वडा नम्वर-२ का निवर्तमान वडा कमिटी इन्चार्ज डिल्ली प्रसाद तिमल्सिना लगायत जिल्लाका विभिन्न क्षेत्रबाट दर्जनौ एमाले प्रवेश गर्नुभएको छ ।








प्रतिक्रिया