१५ कार्तिक २०८३, आइतबार

चतुरबहादुर चन्द नक्कली डाक्टर बनेर अमेरिका गएको खुलासा !

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । नवौं संस्करणको टि–२० विश्वकप संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी छ । यता, नेपाल क्रिकेट संघ (क्यान) को कार्यशैलीलाई लिएर विभिन्न विवादहरु भइरहेका छन् ।

उसो त क्यान र विवाद पर्याय जस्तै भइसकेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोली, टिम डाक्टर, टिम सेक्युरिटी म्यानेजरबिनै अमेरिका उडेको खुलासा भएको हो । टी–२० विश्वकपकालागि २५ सदस्यीय टोली हुनुपर्ने प्रावधान छ । टोलीमा १५ खेलाडी अनिवार्य हुनुपर्छ भने अन्य व्यवस्थापकीय जनशक्ति सहभागी रहन्छन् । २५ सदस्यीय टोलीमा अध्यक्ष चन्द समेत अटाउनु भएको छ ।

चन्द नेपाली क्रिकेट टोलीको मेडिकल चिकित्सक बनेर टोलीसँगै अमेरिका उड्नु भएको हो । अर्थात् उहाँ टिम डाक्टर भएर अमेरिका जानु भएको खुलेको हो । नेपाली टिमभित्र रहेर प्रतियोगिता हेर्न जाने चन्द क्यानका पहिलो अध्यक्ष हुनुहुन्छ ।

अध्यक्ष चन्द पत्नीसहित डाक्टर बनेर अमेरिका जानु भएको हो । अफिसियल टोलीमा चन्द बाहेक प्रशिक्षक मोन्टी देसाई, बलिङ प्रशिक्षकमा रोडेरिक ओर्भिल इस्टविक, रमन सिवाकोटी (एनालिस्ट), विक्रम न्यौपाने (फिजियो), अब्दुल सतार (ट्रेनर), वसन्त शाही (सहायक प्रशिक्षक), नन्दनहनमन्त फाडनिस (कन्सलटेन्ट प्रशिक्षक) अमेरिका जानुभयो ।

आईसीसीले संवादका लागि आवश्यक परेमा विभिन्न देशका मिडिया म्यानेजरलाई सम्पर्क गर्नु भनेर मिडिया नोट पठाए पनि क्यानले अझै मिडिया म्यानेजर उपलब्ध गराउन सकेको छैन ।