– घनश्याम पराजुली
दोहा । नेपाली महिला समाज कतारले आफ्नो तेस्रो बार्षिकोत्सव मनाउँदै प्रवासी नारी सन्देशको अकं ३ को विमोचन गरेको छ । समाजकी अध्यक्ष रेखा राईले सभापतित्व गरेको कार्यक्रममा प्रमुख अतिथी नेपाली दुतावास कतारका द्घितिय सचिव नितेश सापकोटा रहेका थिए ।
नेपालमा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका मृत आत्माको चिर शान्तिको कामनाका र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभाको कामनाका लागी नेपालको नक्सामा दिप प्रज्वलन गरिएको थियो ।
कार्यक्रममा नेपाली महिला समाजको चाहना, एकता र सहयोगको विशुद्ध सामाजिक भावना भन्ने मुल नाराका साथ आफ्नो मुख पत्र प्रवासी नारी सन्देश बर्ष ३ अङ्क ३ को विमोचन गरेको छ । कार्यक्रममा उपस्थित अतिथीहरुद्धारा उक्त मुखपत्रको विमोचन गरिएको हो भने मुखपत्रमा प्रकाशित लेख रचनाहरु ल्गायतका गतिविधीहरुलाई समाजका मानार्थ सदस्य तिलविक्रम थेवेले समिक्षा गरे । महासचिव जानुका बस्नेतले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष अमीना खानले स्वागत मन्तव्य राखेकी थिईन् ।

कार्यक्रममा नेपाली महिला समाज कतारले आयोजना गरेका विभिन्न कार्यक्रममहरुमा सहयोग गर्ने डम्बर लिवाङ्ग, अम्मर जिसी र खसक्षेत्री समाज कतारलाई प्रशंसा पत्रले सम्मान गरियो । त्यस्तै कार्यक्रममा कलाकारहरु कान्छा लामा, उमेश बस्नेत, किरण लामा, ज्योती गुरुङ्ग, मधुसुधन डाँगी, सुकमान तामाङ्ग, सीता थापा, सोमवार तामाङ्ग, श्री तामाङ्ग र सन्तोष कुँवर सम्मानित भए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सापकोटाले नेपाली दुतावासले यहाँ स्थापित संघसंस्थाहरुसँग सहकार्य गर्दै गरिरहेका कार्यहरु बारे प्रष्ट पारेका थिए । उनले नेपाली महिला समाज कतारले एमआरपी वितरण कार्यको सहजिकरणमा सहयोग गरेको भन्दै धन्यवाद तथा बार्षिकोत्सवको शुभकामना दिएका थिए ।
त्यस्तै विशेष अतिथि एनआरएनए आईसिसी उपाध्यक्ष टिबी कार्कीले कतारका पुराना दिनहरुलामा महिलाहरुको अवस्थाबारे स्मरण गर्दै एनआरएनएले भुकम्प पिडितलाई गरेको सहयोग बारे प्रष्ट पारे ।
कार्यक्रममा बोल्दै विशेष अतिथी एनआरएनए कतारका अध्यक्ष मक्सुद अलामले प्रवासको ठाउँमा महिलाहरुलाई पुरुष जस्तो सहज नरहेको बताउदै एनआरएनए कतार र नेपाली महिला समाज बीचको सम्वन्ध र सहकार्य बारे बताए । प्रवासमा रहेका नेपाली नारीहरुलाई सम्मान गर्नुपर्ने बताउदै शुभकामना व्यक्त गरे ।
त्यस्तै विशेष अतिथी बुद्धीजिवी तथा समाजसेवी विल गुरुङ्गले समाजलाई सही ढङ्गले चलाउनका लागी त्यहाँको निती नियम र सिद्धान्तलाई बुझ्नुपर्ने बताए । कतारमा तातिरहेको एनआरएनएको चुनावबारे ध्यानाकषर्ण गराउदै उनले भने नेतृत्वमा आउन चाहाने उम्मेदवारले यहाँ कार्यरत सम्पुर्ण नेपालीहरुको साझा संस्था बनाउन सक्नुपर्छ । कुनै निर्धारित क्षेत्रभित्र रहेर हैन सबैको साझाँ उम्मेदवार बनेर संस्थामा आउन आग्रह गरे । उनले प्रवासमा रहेका नेपाली महिलाहरुको हक अधिकार र सुरक्षाबारेमा सबैले सोचिदिनु पर्ने बताउदै शुभकामना दिए ।
कार्यक्रममा व्यवसायी तथा अधिवक्ता अम्वीका खत्रीले रोजगारीको शिलशिलामा कतार तथा नेपालमा समस्यामा परेका नेपालीहरुको कानुनी सहयोगमा सधै तत्पर रहेको बताईन् । उनले समस्याहरु भएमा जानकारी दिन आग्रह गर्दै महिला समाजको बार्षिकोत्सवको शुभकामना दिएकी थिईन्।
कार्यक्रममा संघसस्थाको प्रतिनिधित्व गर्दै गुल्मी सेवा समाजका बुद्ध पाण्डेले मन्तव्य राखेका थिए । कार्यक्रममा विशेष अतिथीहरु जनसम्पर्क समितीका सभापती बिमल सुबेदी, प्रवासी नेपाली मन्चका अध्यक्ष रामहरी गैह्रे, जनप्रगतीशिल मन्चका अध्यक्ष होमनाथ शर्मा, एनआरएनए मध्यपुर्व सहसंयोजक पुर्ण केसी, आईसिसी सदस्य उमेश अधिकारी, समाजसेवी कमलमणी गुरागाँई, पत्रकार महासंघ कतारका अध्यक्ष गणेश प्रसाद बन्जाडे, अनेसास कतार च्याप्टरका अध्यक्ष तिर्थसंगम राई, नेपाली एकता समाजका कमलमणी आचार्य, प्रवासी तराई मधेसका हुसेन खान लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी तथा कतारमा कार्यरत नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
















प्रतिक्रिया