काठमाडौँ, ७ असार । वैदेशिक रोजगार व्यवसायी संघको यही असार १७ गते हुन लागेको निर्वाचनका लागि सरोजकुमार पोखरेल नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ ।
आइतबार राजधानीमा गरिएको कार्यक्रममा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले संस्थापक अध्यक्ष पोखरेलको नेतृत्वमा १७ जना उम्मेदवारको संयुक्त घोषणा गरिएको हो । अध्यक्षका उम्मेदवार पोखरेलले आफ्नो टिमको जित सुनिश्चित रहेको बताउनुभयो । उहाँले व्यवसायिक एकता, पेशागत सुरक्षा, रोजगारीका नयाँ गन्तव्य निर्माणमा आफू लागि पर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य प्रकाश ज्वालाले प्रगतिशीलको टिमको जित पक्का रहेको भन्दै सफलताको कामना गर्नुभएको थियो । प्रगतिशील टिम एकताबद्ध भएका कारण जित सुनिश्चित रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रगतिशील मञ्चका अध्यक्ष नरेश गेलाल, निर्वाचन संयोजक एवं संघका पूर्वअध्यक्ष एलपी साँवा लिम्बू लगायतले प्रगतिशील टिम सक्षम, योग्य र उत्कृष्ट व्यवसायीको टिम रहेको भन्दै जितका लागि सहयोगको अपिल गर्नुभएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष हंसराज वाग्ले, निवर्तमान अध्यक्ष बलबहादुर तामांग, पूर्वअध्यक्ष तिलक रानाभाट, प्रगतिशील मञ्चका पूर्वअध्यक्ष टंक राउत, ओम गुरुंग, व्यवसायीहरु प्रेम कटुवाल, डीबी कार्की लगायतको उपस्थिति रहेको थियो ।
यस्तो छ पोखरेलको टिम


















प्रतिक्रिया