७ कार्तिक २०८३, शनिबार

बेपत्ता नागरिकको सम्झनामा रेडक्रसले कञ्चनपुरमा बनायो चौतारा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bani-newsमहेन्द्रनगर, ६ असार । तत्कालिन सशस्त्र द्वन्द्वका समयमा वेपत्ता भएका नागरिकको सम्झनामा कञ्चनपुरमा सार्वजनिक चौतारा निर्माण गरिएको छ ।

द्धन्दमा बेपत्ता भएकाहरुको सम्झनामा कञ्चनपुरको कृष्णपुर २ स्थित वाणीमा नेपाल रेडक्रस सोसाइटी वैजनाथ उपशाखाले चौतारा निर्माण गरेको हो । भोकालाई भोजन होईन जिउने सिप सिकाऔ, बेपत्ता व्याक्तिका परिवारहरुका लागि मनोसमाजिक सहयोग’ भन्ने नाराका साथ हातेमालो कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कार्यालय कञ्चनपुर, कैलाली र बैजनाथ उपशाखा वाणी मार्फत ६० हजारको सहयोगमा चौताराको निर्माण कार्य सम्पन्न भएको हो ।

आईसीआरसीको एकीकृत मनोसामाजिक कार्यक्रमको ३२ हजार, स्थानीय व्यवसायी सुरेन्द्र बहादुर बमको १० हजार बराबरको माटो, बालुवा, ढुङ्गा र १८ हजार बराबरको पीडित परिवारजनको जनश्रमदानबाट चौताराको निर्माण कार्य सम्पन्न भएको बैजनाथ उपशाखाका प्रमुख अर्जुन साउदले जानकारी दिनुभयो ।

चौतारा निर्माण कार्यक्रममा ज्ञानी, खुसियाली आमा समुह, मिलन महिला र आशा बाबा समुहको सहयोग रहेको थियो ।