१ कार्तिक २०८३, शनिबार

ईश्वरी बरालको ‘माया छ कि छैन’मा आर्यन, सुजल र मोनिका

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छ कि छैन’ सार्वजनिक भएको छ ।

गीतको भिडिओमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ ।

भिडिओमा गायिका बरालको पनि नृत्य र अभिनय छ । गीत श्री ईश्वरी प्रडक्सन युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

म्युजिक भिडिओको छायांकन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखाना र थापाथलिस्थित चियावालाकोमा गरिएको छ । भिडिओका निर्देशक मुस्कान ढकाल हुनुहुन्छ भने छायांकन नवराज उप्रेतीको छ । कोरियोग्राफि शिशिर खातीले गर्नुभएको छ ।

शब्द, संगीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गायिका बरालका यसअघिका चर्चित गीतहरूमा ‘नरिसाउन होइ’, ‘खानदानी छोरी’लगायतका छन् ।