२९ आश्विन २०८३, बिहिबार

टी-२० विश्वकपमा आज भारत र आयरल्याण्ड भिड्दै

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । आइसीसी टी-२० विश्वकपअन्तर्गत आज एक खेल हुँदैछ ।

आज समूह ‘ए’अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुँदैछ । न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।

यस विश्वकपमा दुवैको यो पहिलो खेल हो । टी-२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन् । अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ ।

समूह ‘ए’ मा रहेको अमेरिकाले आफ्नो पहिलो खेल जितेको छ भने क्यानडा पराजित भएको छ ।