७ कार्तिक २०८३, शनिबार

आफ्नै हजुरआमाबाट बेचिन लागेकी किशोरीको उद्दार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ki-nepal-ktm

चितवन, ६ असार । आफ्नै हजुरआमाबाट बेचिन लागेकी एक किशोरीलाई आइतबार चितवनको सुनौली नाकाबाट उद्दार गरिएको छ ।

सिन्धुपाल्चोक स्थित ईचोक ९ सुरसिंकी निमा तमाङलाई भारत लैजाँदै गरेको अवस्थामा मानव बेचविखन विरुद्ध कार्यरत संस्था केआई नेपालले उद्दार गरेको हो ।

निमालाई उनकी हजुरआमाले जागिर लगाइदिने प्रलोभनमा भारतको पञ्जाब लैजान लागेको सोधपुछबाट खुलेको छ । भूकम्पले घर भत्कदा दाजु र दिदीको मृत्युपछि भारतमा पैसा कमाउने आसामा उनी हजुरआमासँग हिँडेकी हुन् ।

कक्षा आठमा अध्ययनरत तमाङ्गलाई अहिले केआई नेपालको चितवन स्थित सेफ हाउसमा सुरक्षित राखिएको चितवन संयोजक केमीका घिमिरेले बताइन् । उद्दारपछि निमालाई उचित शिक्षाको व्यवस्था गरिने संस्थाले जनाएको छ ।