१५ कार्तिक २०८३, आइतबार

मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २२ जेठ । नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।

एकीकृत समाजवादीका दुई जना मन्त्रीहरूले आज पदबाट राजीनामा बुझाउनु भएको हो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले मुख्यमन्त्री सरोजकुमार यादवालाई राजीनामा बुझाउनु भएको हो ।

मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरेका छन् ।