७ कार्तिक २०८३, शनिबार

ठमेलमा महिलाले यसरी गर्छन् कारोबार, प्रहरीले हान्यो छापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-convence

काठमाडौँ, ६ असार । काठमाडौंको पर्यटकीय स्थल ठमेलमा यौन धन्दा उहिलेदेखि चल्दै आएको छ ।

पटक पटक प्रहरीले छापा मारी ठमेलबाट यौनकर्मीलाई लखेट्ने काम समेत गरेको छ । तर ठमेलमा यौनसँगसँगै नयाँ व्यवसाय पनि हुँदै आएको खुलासा भएको छ ।

यौन व्यवसायको आँडमा महिला प्रयोग गरी ठमेलबाट लागूपदार्थ ओसारपसार हुने गरेको खुलासा भएको हो ।

महानगरीय प्रहरीको एक टोलीले शनिवार ठमेलका विभिन्न पसलमा छापा हान्दा यस्तो रहस्यको खुलासा भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्ष नक्सालले जानकारी दिएको छ ।

महानगरीय प्रहरी बृत्त लैनचौरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले शनिवार छापा हान्दा एक महिलासहित दुई जनालाई लागुपदार्थसहित ठमेलबाट पक्राउ गरेको हो ।

प्रहरी टोलीले किर्तिपुर नगरपालिका ट्याङलाफाँट बस्ने मकवानपुर घर भएका ५१ बर्षीय माईला तामाङ र धोवीचौर बस्ने नुवाकोट लालुकादेवी–९ घर भएका ५० बर्षीय गोर्तेङ तामाङलाई ४ सय ५० ग्राम लागूऔषध चरेससहित ठमेलको क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।

पछिल्लो समय भूकम्पको मौका छोपेर काठमाडौंमा यौन व्यापार र लागू पदार्थको ओसारपसार बढ्दै गएको बताईन्छ ।