
काठमाडौं, २२ जेठ । जारी आइसीसी टी-२० क्रिकेट विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको हो ।
श्रीलंकाले दिएको केवल ७८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले १९.१ ओभरमा अल आउट हुँदै ७७ रन मात्र बनाएको थियो । श्रीलंकाका लागि कुसल मेन्डिसले सर्वाधिक १९ रन बनाए भने एन्जोलो म्याथ्युजले १६ र कामिन्दु मेन्डिसले ११ रन बनाएका थिए ।
श्रीलंकाले टी-२० विश्वकपमा बनाएको यो अहिलेसम्मको सबैभन्दा कम रन हो ।
त्यसैगरी, दक्षिण अफ्रिकाका बलर एनरीच नोकियाले सर्वाधिक ४ विकेट लिएका थिए । उनले ४ ओभरमा केवल ७ रन दिएर ४ विकेट लिएका थिए ।
समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले यो जितपछि महत्वपूर्ण २ अंक हासिल गरेको छ ।
अब दक्षिण अफ्रिकाले अर्को खेल जुन ८ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने सोही दिन श्रीलंकाले बंगलादेशको सामना गर्ने छ ।








प्रतिक्रिया