७ कार्तिक २०८३, शनिबार

जेलमा थुनुवालाई गोलभेँडाभित्र सिमकार्ड पठाउँदा…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jail

काठमाडौँ, ६ असार ।जेलमा रहेका थुनुवालाई गोलभेँडाभित्र सिमकार्ड राखी पठाउने काठमाडौँ गौशालाका एक युवक प्रहरी फन्दामा परेका छन् ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा काठमाडौँ गौशालाका १७ बर्षीय निमेश कपाली रहेका छन् । लागू औषध मुद्दामा केन्द्रीय कारागारअन्तर्गत भद्रगोल जेलमा थुनुवामा रहेका नाइजेरियन नागरिकलाई भेटन आएका कपालीले शनिबार गोलभेडा काटी नमस्तेको सिमकार्ड राखेर भित्र पठाउन लागेको अवस्थामा डिउटीमा रहेका प्रहरीले चेकजाँच गर्दा सिमकार्ड फेला पारेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।